काठमाडौं–नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीले पूर्णता पाएको छ । तत्कालिन एमाले र माओवादी केन्द्र एकीकरण भएको दुई सातामा पूर्वमाओवादीको तर्फबाट १९ जनाको फाइनल नाम आएपछि स्थायी कमिटीले पूर्णता पाएको हो ।
नेकपा स्थायी कमिटी ४५ सदस्सीय भएको छ । अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच तत्कालिन एमालेको स्थायी कमिटीलाई यथावत राख्दै रघुजी पन्त, बेदुराम भुसाल, विष्णु रिमाल र रघुबीर महासेठलाई थप्ने सहमति भएको थियो । आजको राजधानी दैनिकमा खरब छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया