मतदानस्थलमा देउवाको वैयक्तिक जीवनसँग जोडिएका कुरा गर्दै आरजु

लोकपथ
4.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणको मतदान सुरु भएको छ ।

पहिलो चरणको निर्वाचनबाट सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन भएको छ ।

सो क्रममा आरजु राणा देउवाले सभापति पदका उम्मेदवार शेरबहादुर देउवाको व्यक्तिगत जीवनबारे केही तथ्य बाहिर ल्याएकी छिन् । केन्द्रीय सदस्य पदकी उम्मेदवार आरजु शेरबहादुरकी पत्नी हुन् ।

उनले देउवाले दर्शन र स्वास्थ्यसम्बन्धी पुस्तकहरु धेरै पढ्ने गरेको बताएकी छिन् ।

उहाँ कस्तो किताब पढ्न रुचाउनुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले दर्शन र स्वास्थ्यसम्बन्धी किताब पढ्न रुचाउने गरेको बताएकी छिन् ।

‘उहाँ धेरै फिलोसपी र हेल्थसम्बन्धी पुस्तक पढ्न रुचाउनुहुन्छ । उहाँलाई हेल्थको बारेमा धेरै कुरा थाहा छ । उहाँलाई डाक्टर बन्न मन थियो’, उनले भनिन् ।

त्यसैगरी शेरबहादुरमा सबैलाई मिलाएर लैजान सक्ने क्षमता रहेको उनले बताइन् । साथै आफूलाई पचाउन धेरै गारो भएका कुराहरुमा पनि देउवाले सहजै रुपमा लिएको आरजुले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?