कांग्रेसको दोस्रो चरणको निर्वाचन सुरु, ९१ वर्षीया वृद्धाले गरिने पहिलो मतदान

लोकपथ
1.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणको निर्वाचन सुरु भएको छ ।

दिउँसो साढे ३ बजेबाट भनिएको निर्वाचन समयमा नै सुरु भएको हो । क्रममा ९१ वर्षीया सुश्री शान्ति कार्कीले पहिलो मतदान गरेकी छिन् । उनी अहिलेको महाधिवेशन प्रतिनिधिमध्ये सबैभन्दा जेष्ठ सदस्य हुन् । उनले आफूले सभापतिमा शेरबहादुर देउवालाई मतदान गरेको समेत बताएकी छिन् ।

नयाँ नेतृत्व चयनका लागि कांग्रेसको विधानअनुसार सभापतिमा कसैले पनि ५० प्रतिशत नसकेपछि दोस्रो चरणको निर्वाचन भएको हो । पहिलो चरणको निर्वाचनबाट पहिलो र दोस्रो धेरै मत ल्याउने प्रतिस्पर्धाको मैदानमा रहेका छन् ।

पहिलो चरणमा देउवाले पहिलो मत ल्याएका थिए भने डा. शेखर कोइरालाले दोस्रो मत प्राप्त गरेका थिए । बाँकी अन्य तीन उम्मेदवारले भने दोस्रो चरणमा देउवालाई नै समर्थन गर्ने बताइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?