९ माघ २०७८, आईतवार

नेकपा संसदीय दलको उपनेता बने नेम्वाङ, संसदीय फाँटमा अरु क-कसलाई जिम्मेवारी ?

२०७५,जेष्ठ,१६,बुधबार १६:५७

0
Shares

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन भएका छन्  ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज बसेको दलको बैठकले उपनेतामा नेम्वाङसहित प्रमुख सचेतकमा देवप्रसाद गुरुङ, सचेतकमा शान्ता चौधरीलाई चयन गरेको हो ।

दलका नेता एवं पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता र अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा सम्पन्न बैठकले सो जिम्मेवारी तोकेको हो ।

पार्टी एकतापछि संसदीय दलभित्रको जिम्मेवारी हेरफेर र समायोजन गरिएको हो ।

यसैगरी नेकपाको राष्ट्रियसभा संसदीय दलको नेतामा दीनानाथ शर्मालाई चयन गरिएको छ । बैठकमा अर्थमन्त्री एवं अर्थविद्ले संसद्मा प्रस्तुत सरकारको बजेटका प्राथमिकता र विशेषताबारे प्रस्तुति गरेका थिए  ।

प्रधानमन्त्री ओलीले सरकारको बजेट गरीब र जनतामुखी भएको तथा संविधानको मौलिक हकलाई कार्यान्वयन गर्ने एवं संघीयताको संरचनालाई पृष्ठपोषण गर्ने खालको भएको बताए  ।

 

प्रकाशित मिति: २०७५,जेष्ठ,१६,बुधबार १६:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४