७ माघ २०७८, शुक्रवार

मुख्यमन्त्री पोखरेल नेकपा संसदीय दलमा सर्वसम्मत

२०७५,जेष्ठ,१६,बुधबार १५:३७

0
Shares

बुटवल- प्रदेश नं ५ को नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा मुख्यमन्त्री शंकर पोखरेल सर्वसम्मत रुपमा निर्वाचित भएका छन्  ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बुटवलमा आज बसेको संयुक्त संसदीय दलको बैठकले दलको नेतामा पोखरेललाई निर्विरोध रुपमा चयन गरेको नेकपाका नेता विघटित नेकपा एमालेका तर्फबाट संसदीय दलका मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिए  ।

मुख्यमन्त्री पोखरेललाई संसदीय दलको नेता चयन गर्न नेकपाका नेता तथा प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले प्रस्ताव गरेका थिए  भने अर्का नेता तथा प्रदेश सभा सदस्य कमल श्रेष्ठले समर्थन जनाए  ।

संसदीय दलको नेता चयन भएपछि मुख्यमन्त्री पोखरेलले सबैलाई धन्यवाद दिँदै अब प्रदेशको समृद्धिको यात्रामा भूमिका निर्वाह गर्न अपिल गरे ।

प्रकाशित मिति: २०७५,जेष्ठ,१६,बुधबार १५:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेस (वीपी)ले यही माघ ७ गतेदेखि फागुन ७ गतेसम्म सातै प्रदेशमा एक महिने राष्ट्रिय अभियान सञ्चालन गर्ने

जनकपुरधाम । जनमत पार्टी धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहासहितका नेता रिहाहरु भएका छन् । किसान आन्दोलनका क्रममा पक्राउ परेका अध्यक्ष कुशवाहासहित,

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीको नाममा सम्बोधन गरेका छन् । शुक्रबार अपरान्ह प्रधानमन्त्री देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यसै वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौं उपत्यका ल्याउने बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा

ताजा समाचार