प्रतिनिधिसभा बैठक : एमालेको नाराबाजीकै बीच मौनधारण

लोकपथ
481
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी गरिरहेका बेला मौनधारण गरिएको छ ।

राष्ट्रपति कार्यालयबाट संसदको १०औँ अधिवेशन सुरु भएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेलगत्तै एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका बेला मौनधारणका लागि आग्रह गरिएको थियो ।

सभामुख सापकोटाले ज्ञात अज्ञात सहिदको सम्मानका लागि मौनधारण गर्ने बताएपछि नाराबाजी रोकेर एमाले सांसदले पनि मौनधारण गरे ।

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।

मंगलबारबाट सुरु भएको १०औँ महाधिवेशनको पहिलो बैठकमा पनि उनीहरुले नाराबाजी गरेका हुन् ।

नाराबाजीकै बीच सभामुखले संसदको कारबाही अघि बढाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?