लक्ष्मी बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्समा समावेश

लोकपथ
0
Shares

काठमाडौं । लक्ष्मी बैंकले दिगो वातावरणप्रतीको प्रतिवद्वतालाई निरन्तरता दिने क्रममा पछिल्लो कदमस्वरूप पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (PCAF)मा सामेल भएको छ।

PCAF हरित गृह ग्यास उत्सर्जनको मूल्याङ्कन र जानकारीमा सहयोग पुग्ने गरी विश्वभरका वित्तीय संस्थाहरुबीचको सहकार्य हो । साइन्स बेस्ड टार्गेट इनिसिएटिभले पनि PCAF को विधिलाई वित्तिय उत्पादनहरुको हरित गृह ग्यास उत्सर्जनको मूल्याङ्कन गर्ने विश्वयापी विधिको मान्यता दिएको छ।
लक्ष्मी बैंकले PCAF मा सामेल भई नेट शुन्य भविष्यतर्फ अग्रसर हुँदै COP26 मा नेपालको राष्ट्रिय प्रतिबद्वतालाई समेत सहयोग पुग्नेछ।

यस साझेदारीले जिम्मेवारी पूर्वक व्यवसाय सञ्चालनको माध्यमबाट वातावरणीय प्रभावलाई कम गर्ने बैंकको लामो समयदेखिको प्रतिबद्धतालाई पुनर्बिम्बित गरेको छ ।
उक्त व्यवसायबाट हुने वित्तिय उत्सर्जनको मापन र रिपोर्टिङले हाम्रो जोखिम मूल्याङ्कन र जलवायु रणनीतिलाई मार्गदर्शन गर्न मद्दत पुग्ने विश्वास रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?