संसदमा एमालेको नाराबाजी, बाहिर एमसीसीको विरोधमा प्रदर्शन

लोकपथ
189
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी गरेका छन् ।

राष्ट्रपति कार्यालयबाट संसदको १०औँ अधिवेशन सुरु भएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेलगत्तै एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गर्दै बैठकमा अवरोध सृजना गरिरहेका छन् ।

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ । संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।

मंगलबारबाट सुरु भएको १०औँ महाधिवेशनको पहिलो बैठकमा पनि उनीहरूले नाराबाजी गरेका हुन् ।

संसद् बाहिर भने अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विरोधमा प्रदर्शन गरेका छन् । एमसीसी संसदबाट पारित नगर्न भन्दै माओवादी केन्द्र निकट कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?