रसुवा – आगलागीका कारण सीमा क्षेत्र टिमुरेको बीच भागमा अवस्थित एउटा होटल आगलागी हुँदा करोडौँको धनमाल क्षति भएको छ ।
जिल्ला प्रहरी प्रमुख शरदकुमार थापा क्षेत्रीका अनुसार आज मध्याह्न टिमुरे गाउँ निवासी छिरिङ सिङ्देल तामाङको होटल आगलागी हुँदा नगद, सुन, चाँदी, मुगालगायत एक करोडभन्दा बढी धनमाल क्षति भएको हो । समयमै सावधानी अपनाएका कारण त्यस क्षेत्रको सयौँ घर जल्नबाट जोगिएका छन् ।
रसुवागढी हाइड्रोपावरले ट्यांकरबाट पानी उपलब्ध गराएपछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ । विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया