शेखर कोइरालाले गरे देउवासँग प्रतिस्पर्धा गर्ने निर्णय

लोकपथ
988
Shares

काठमाडौं । शेखर कोइरालाले कांग्रेसको सभापतिका लागि दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् । आज बसेको उनी पक्षीय बैठले दोस्रो चरणको मतदानमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो।

दोस्रो चरणको निर्वाचन हुने भएपछि शेखर कोइरालाविरुद्ध बलियो गठन्धन बन्ने भएको छ। किनभने प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणको निर्वाचनमा सभापतिका लागि शेरबहादुर देउवालाई समर्थन दिने भएका छन् ।

आज दिउँसो साढे ३ बजे दोस्रो चरणको निर्वाचन हुने तय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?