हिन्दु धर्मगुरु श्रीनिवाशाचार्य जेल चलान

विराटनगर–हिन्दू धर्मगुरु  श्रीनिवाशाचार्य पूर्पक्षको लागि जेल चलान भएका छन् । उनी आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका थिए ।

मोरङ जिल्ला प्रशासन कार्यालयमा  भएको बयानपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले उनलाई पूर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएका हुन् ।
श्रीनिवासाचार्यलाई सुनसरीको झुम्का कारागारमा थुनामा राख्न पठाइएको छ ।

गत चैत २५ गते विराटनगरमा उनीमाथि भएको गोली प्रहारमा उनकै निर्देशनमा भएको खुलेसँगै प्रहरीले  काठमाडौंबाट पक्राउ गरेको थियो ।  उनले चर्चामा आउन गोली हान्न लगाएको बताइन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?