प्रभु लाइफ इन्स्योरेन्सको पाँचौँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

लोकपथ
130
Shares

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजनाका साथ सम्पन्न गरेको छ । कम्पनीले यसै उत्सव पारेर आफ्नो वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो वर्ष निम्न आयस्तर भएका अभिभावकका बालबालिकाहरुका शिक्षाको लागि यथासक्य योगदान गर्ने कार्यक्रम संचालन गरेको छ ।

उल्लेखित उदेश्यअन्तर्गत कम्पनीले नेपालका ७७ जिल्ला भरीकूल ८० विद्यालय संचालन गरिरहेको समता शैक्षिक गुठीलार्ई ५ लाख रुपैयाँ रकम सहयोग गरेको छ ।

कार्यक्रममा, उक्त विद्यालयका निर्देशक दिपक संजेल, क्याम्पस प्रमुख अजय अधिकारी, शिक्षकशिक्षिका, कक्षा ८, ९ र १० का विद्यार्थीहरु तथा अन्य कर्मचारीहरुको उपस्थितिमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले सहयोग रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा कम्पनीका व्यवस्थापन समुहका सबै सदस्यहरुको उपस्थिति रहेको थियो ।

गत वर्ष पनि यसैगरी कम्पनीले उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका सम्पूर्ण ट्राफिक कर्मचारीहरुका लागि कोभिड-१९ बाट बच्नका लागि तयार पारिएको मास्क, स्यानिटाइजर तथा हातधुने साबुन भएको किट वितरण गरेको थियो । सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुले समेत आ–आफ्नो क्षेत्रका ट्राफिक कार्यालय, विद्यालय वा सार्वजनिक स्थानमा सो किटहरु वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?