प्रशान्त र सुभेच्छाको फिल्म ‘रणवीर’ ले तोक्यो प्रदर्शन मिति

काठमाडौं । चलचित्र ‘रणवीर’ ले रिलिजको मिति तय गरेको छ । आउँदो मंसिर १४ गतेका लागि फिल्मले प्रदर्शन मिति तय गरेको हो ।

फिल्म वितरणका लागि उपत्यकामा स्टेसन फाइभले लिएको छ भने मोफसका लागि डिसीएनले जिम्मा लिएको छ । चलचित्र एक्सन, सेस्पेन्स र थ्रीलर भएको बताइएको छ ।

चलचित्रको दुई गीतको छायांकन हुन बाँकी छन् भने फिल्म पोस्ट प्रोडक्सनको सिलसिलामा रहेको छ । चलचित्रमा मुख्य भूमिकामा सुशील सिटौला रहनेछन् । उनी यसअघि फिल्म ‘गाजा बाजा’ मा पनि थिए । उनीसँगै फिल्ममा प्रशान्त ताम्राकार, सुभेच्छा खडका, नरेश पौडेल, हरिहर शर्मा, टीका पहाडी, रवि गिरी लगायतका कलाकारले अभिनय गरेका छन् ।

सुभेच्छा खड्कासँगै अर्की नायिका सुपुष्पा भट्टले पनि फिल्म नगरीमा डेब्यु गर्दैछिन् ।

चलचित्रलाई दीपेन्द्र रेग्मी र गोमा विष्टले निर्माण गर्दैछन् । एक शिक्षित युवाले समाजमा गर्ने संघर्षलाई फिल्मको कथा बनाइएको बताइएको छ । यो चलचित्रलाई गोविन्दसिंह भण्डारीले निर्देशन गर्दैछन् ।

त्यस्तै फिल्ममा महेश पौडेलको छायांकन, चन्द्र पन्तको द्वन्द्वका साथै गम्भीर विष्ट र सुरेन बसेलको कोरियोग्राफी रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?