३ भाद्र २०७९, शुक्रवार

गौचन हत्याकाण्डमा विप्लवले मुख खोले

२०७४,आश्विन,२५,बुधबार ०६:११

0
Shares

काठमाण्डौं, २५ असोज ।नेपाल कम्यूनिष्ट पार्टीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याप्रती दुख व्यक्त गरेको छ । पार्टीका महासचिव विप्लवद्वारा बुधवार जारी विज्ञप्तिमा गौचनको हत्याले देशमा नागरिकको सुरक्षाको अवस्था कतिसम्म भयावह रहेछ भन्ने प्रष्ट भएको उल्लेख गरिएको छ ।विज्ञप्तिमा घटनाप्रति गहिरो दुख व्यक्त गर्दै गोलीकाण्डका अपराधिहरुलाई कारवाही गरि पिडित परिवारलाई उचित क्षतिपूर्ति दिन पनि माग गरिएको छ ।गौचनको हत्याकाण्डलाई मखौटा बनाएर सांग्रिला होटलका क्यासिनो मालिक राजेन्द्र बजगाँईले आफ्नो पार्टीका प्रवक्ता प्रकाण्डसँग भेट्न नमानेपछि क्यासिनोमा बम राखिदिएको भ्रामक समाचार फैलाई मानवअधिकार आयोगमा दिएको निवेदनप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाईएको छ ।मजदुरलाई ज्याला नदिने मालिकले आफ्नो पार्टीका प्रवक्तालाई जोडेर भ्रामक प्रचार गर्नु गम्भिर षडयन्त्र भएको नेकपाले जनाएको छ ।हेर्नुस विज्ञप्ति  

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार ०६:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पश्चिम तराईका थारु समुदायले धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका छन् । परापूर्वकालदेखि हरेरी पूजा

चितवन । चितवनको ईच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ६ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रका एचआईभी संक्रमितलाई मासिक भत्ता दिने भएको छ । गाउँकार्यपालिका बैठकले संक्रमितहरूका लागि मासिक एक

ताजा समाचार

जुम्लाबाट ‘प्रकाश’को वर्ल्ड प्रिमियर
 २०७९,भाद्र,३,शुक्रवार १६:०१
दिवेशले ७ शहरमा ९ वटा कन्सर्ट गर्ने
 २०७९,भाद्र,३,शुक्रवार १४:१७