अनौठो रुख‌, जहाँ तीन थरी आँप फल्छन्…

शम्भू माली- कपिलबस्तुमा अनौठो तथा बिचित्रको आँपको रुख देखिएको छ । आँपको रुखको हाँगा माथि गई र सोही हाँगा फेरी जमिनमा झरी जमिनबाट फेरी हाँगा माथि सरेको देखिन्छ । 
कपिलबस्तुको साबिक धनकौली –१ धनकौली हाल बाणगंगा १० बडिलवा मा करिब ३ सय बर्ष पुरानो आँपको रुखमा देबी देवताको शक्ती रहेको बताईएको छ ।

स्थानिय ब्यक्तीहरुले गरेको भाकल पुरा भए पछि आँपको रुखमा देबीको बास भएको बिश्वासका गरेको बताएका छन । स्थानिय बिश्म्भर मिश्रको ५ कठ्ठा जग्गामा मोटो मोटो आँपको हाँगा बिगा फैलिएको छ । उक्त रुख अहिले झप्पक फुलेको छ । प्रत्येक दिन भक्तजन भिड लाग्ने आँपको रुखको कुनै पनि हाँगा बिगा सुकेको छैन ।

आँपको रुख बिक्री गरे पछि रुख काट्न आउने मानिस बिरामी भै रुख काट्न नसकिने भए पछि रुख माथी बिश्वास भएको बताएका छन् । आँपको रुखको माथी समय माईको साया रहेकोले रुखको पुर्ब पट्टि समय माई देबीको सानो मन्दिर स्थानिएले बनाएका छन् ।

सो मन्दिरमा भाकल पुरा हुनेले हातीको मुर्ति राख्ने गरेका छन् । प्रत्येक सोमवार उक्त रुख मुनी भक्त जनको ठुलो सख्याँमा भिड लागने गरेको स्थानियले बताए ।

आँपको रुखमा ३ किसिमको आप फल्ने गरेको स्थानियले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?