शेखरबाहेक सभापतिका सबै उम्मेदवारको समर्थन देउवालाई

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापतिको दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी कल्याणकुमार गुरुङले पनि सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

सभापतिको दोस्रो चरणको मतदानमा आफूले देउवालाई नै समर्थन गर्ने निर्णय गरेको नेता गुरुङले जानकारी दिए ।

‘अहिले हामी सबै साथीभाइ सँगै छौं । प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि सभापतिज्यूलाई समर्थन गर्ने निर्णय गर्नुभएछ । त्यसैले हामीले पनि दोस्रो चरणको मतदानमा देउवालाई नै समर्थन गर्ने निर्णय भएको छ,’ गुरुङले भने ।

विधान संशोधनदेखि कार्यशैली सुधारको प्रतिबद्धतापछि शेरबहादुर देउवालाई आफूले समर्थन गरेको नेता प्रकाशमान सिंहले बताएका छन् ।

यता सभापतिका अर्का उम्मेद्वार विमलेन्द्र निधिले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गर्ने बचन दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?