कोहलपुर एक्सप्रेस अब अस्ट्रेलियामा

काठमाडौं । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ ले तालीभन्दा धेरै गाली खायो । फिल्म चोरीको कथामा बनाइएको भन्दै दर्शकले गाली गरे तर केही हदसम्म दर्शकले फिल्म हेरे पनि ।

अब भने यो चलचित्र अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ । विशाल भण्डारीले निर्देशन गरेको यो फिल्ममा केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, रविन्द्र झा, बुद्धि तामाङ, विनोद न्यौपाने, कृुसाग्र भट्टराई लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मको अस्ट्रेलियाको प्रदर्शनको जिम्मा राइट एण्ड एसोसियट्स एजुकेसनल कन्सल्टेन्सीले लिएको छ । कन्सल्टेन्सीले यसअघि केकीकै फिल्म ‘लभ सासा’ लाई पनि अस्ट्रेलियामा प्रदर्शन गरेको थियो ।

चलचित्रमा विशाल भण्डारीको कथा, सान बस्न्यातको पटकथा र भद्रबहादुर शाही, देवीलाल न्यौपाने र शिव प्रसाद चौलागाईंको पनि लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?