बस र ट्रक एक आपसमा ठोक्किँदा सातको मृत्यु

 दक्षिण भारतीय राज्य टेलङ्गानामा ट्रक र बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।

यस दुर्घटनामा परी सात व्यक्तिको मृत्यु हुनुका साथै अन्य २२ घाइते भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ ।

स्थानीय समयानुसार मङ्गलबार राति ९ बजे टेलङ्गाना राज्यको करिमनगर सहरको नजिकै चेन्जेर्ला गाउँमा सो घटना भएको थियो । प्रहरीका अनुसार दुर्घटना भएको सो बसमा करिब ३० व्यक्ति सवार रहेका थिए ।

सात व्यक्तिको दुर्घटना स्थलमा नै मृत्यु भएको र घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ । घाइतेमध्ये पाँच व्यक्तिको भने अवस्था चिन्ताजनक रहेको जानकारी दिइएको छ ।

दुर्घटनामा परेको सो बस वारनगालबाट करिकनगर शहरतर्फ गइरहेको बताइएको छ । विश्वको अरू देशको तुलानामा भारत बढी सडक दुर्घटना हुने देशमा पर्दछ ।

 कम मर्मत संभार भएको सडक चालकको लाहपर्वाह र ट्राफिक नियमको उलङ्घन जस्ता कारणले भारतमा बढी सडक दुर्घटना हुने गरेको विज्ञहरुको भनाई रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?