आफैलाई गोली हान्न लगाउने आचार्य श्रीनिवास जेल चलान

मोरङ । आफैलाई गोली हान्न लगाएको अभियोगमा पक्राउ परेका हिन्दू धर्मका गुरु आचार्य श्रीनिवासलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

जिल्ला प्रशासन मोरङले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हो । श्रीनिवाससँगै उनलाई गोली हान्ने अंगरक्षक चितवनका माधव चौधरी पनि जेल चलान भएका छन् । साथै उनलाई पेस्तोल उपलब्ध गराएको अभियोग लागेका नवलपरासीका लक्ष्मीराज अधिकारी  पनि जेल चलान भएका छन् ।

धार्मिक हिंसा भड्काउन आफैलाई गोली हान्न लगाएको श्रीनिवासलाई अभियोग लागेको छ । उनलाई हात हतियार खरखजाना ऐन २०११ को तफा २४ क बमोजिम थुनामा पठाउन आदेश दिइएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङमा बुधवार प्रजिअ रामप्रसाद आचार्यको इजलासमा भएको बहसले उनलाई यस्तो आदेश दिएको हो । 

श्रीनिवासमाथि चैत २५ गते बिहान गोली हानिएको थियो, त्यहाँ केही पर्चा पनि भेटिएका थिए ।

उपचारपछि उनी निको भए लगत्तै प्रहरीले वैशाख २४ गते श्रीनिवासलाई काठमाडौंबाट पक्राउ गरेको थियो भने २५ गते जिप्रका मोरङमा हातहतियार तथा खरखजाना ऐन अन्तर्गत मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?