नगद र सुनका गहनासहित छ लाख बढीको चोरी

RSS
143
Shares

जलेश्वर । महोत्तरीको लोहारपट्टी नगरपालिका–८ का मनिष ठाकुरको घरबाट गए राति नगद र सुनका गरगहना गरी छ लाख रुपैयाँ बढीको चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार चोरले घरमा कोही नभएको बेला मूलढोका, भित्रीढोका र दराजको ताल्चा फुटाई सुनका बाला, मंगलसूत्र, तिलहरीलगायत गरी छ लाख १७ हजार रुपैयाँ बराबरको धनमाल चोरेका छन् । चोरी भएको जानकारी पाउनासाथ प्रहरी चौकी भ्रमरपुरा र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त प्रहरी टोलीले चोरी गर्नेहरूको खोजी गरिरहेको छ । महोत्तरीमा विगत दुई÷तीन महिनादेखि चोरीको घटनामा निकै वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?