संशोधन मस्यौदा समिति गठन

प्रदेश नं ५ को प्रदेशसभा नियमावली, २०७४ संशोधन गर्न संशोधन मस्यौदा समिति गठन भएको छ ।

प्रदेश नं ५ को  प्रदेशसभा सदस्यको बैठकमा आज सभामुख पूर्णबहादुर घर्तीले संशोधन गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुहुँदा सर्वसम्मतिले स्वीकृत भएको छ । प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले प्रदेशसभा नियमावली, २०७४ संशोधनका लागि प्रदेशसभासमक्ष प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो संशोधन मस्यौदा समितिमा हरि रिजाल, चेतनारायण आचार्य, दामा शर्मा, सन्तोष पाण्डे र अष्टभुजा पाठक रहनुभएको छ ।

यस्तै प्रदेशसभा नियमावली २०७४ को नियम १०८ बमोजिम प्रदेश नं ५ प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले जनताप्रति उत्तरदायी हुने प्रदेशसभालाई जवाफदेही बनाउने विषय सबैको चासोको विषय भएको उल्लेख गर्दै दाङमा भएको झाडापखालामा सम्पूर्ण जनशक्ति परिचालन भएको बताउनुभयो ।

प्रदेशसभा नियमावली २०७४ को नियम १०८ बमोजिम प्रदेश नं ५ प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, सन्तोष पाण्डे, उत्तरकुमार ओली, दिनेश पन्थीलगायतले विधेयकलाई आलोचनात्मक समर्थन गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, “त्यहाँको पानीको मुहान प्रदूषित भएको विषयलाई प्रदेश सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले पनि अध्ययन गरिरहेको छ ।”

प्रदेशसभा नियमावली २०७४ को नियम १०८ बमोजिम प्रदेश नं ५ प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, सन्तोष पाण्डे, उत्तरकुमार ओली, दिनेश पन्थीलगायतले विधेयकलाई आलोचनात्मक समर्थन गर्नुभएको थियो ।

त्यस्तै, कार्यव्यवस्था परामर्श समितिमा पनि सभामुख पूर्णबहादुर घर्तीले हेरफेर गर्नुभएको छ । प्रदेशसभा सदस्य वीरबहादुर रानालाई हटाएर सुरेन्द्र हमाललाई चयन गर्नुभएको छ । 

संसदीय दलको नेतामा पोखरेल

प्रदेश नं  ५ को नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा पार्टीका स्थायी कमिटी सदस्य शंकर पोखरेल चयन हुनुभएको छ ।

पार्टी एकतापछि आज पहिलो पटक बसेको संसदीय दलको बैठकले उहाँलाई सर्वसम्मतिले संसदीय दलको नेतामा चयन गरेको हो । पार्टीका नेता कृष्णध्वज खड्का प्रस्तावक र कमल श्रेष्ठ सर्मथक हुनुहुन्थ्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?