डलर, यूरो साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

लोकपथ
351
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबार अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ ९३ पैसा कायम गरेको छ । बिक्रीदर १२१ रुपैयाँ ५३ पैसा छ ।

युरोपियन युरो एकको खरिद दर १३६ रुपैयाँ २९ पैसा र बिक्री दर १३६ रुपैयाँ ९६ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ २१ पैसा र बिक्री दर १६१ रुपैयाँ कायम छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ७८ पैसा र बिक्री दर १३१ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३५ पैसा र बिक्री दर ८६ रुपैयाँ ७८ पैसा रहेको छ । आज क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३० पैसा रहेको छ ।

जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६४ पैसा र बिक्री दर १० रुपैयाँ ६९ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १ पैसा र बिक्री दर १९ रुपैयाँ १० पैसा रहेको छ ।

आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३२ रुपैयाँ २४ पैसा र बिक्री दर ३२ रुपैयाँ ४० पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ९७ पैसा र बिक्री दर ३३ रुपैयाँ १४ पैसा रहेको सार्वजनिक सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ २३ पैसा र बिक्रि दर १० रुपैयाँ २८ पैसा कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?