भक्तपुर। नेपाली सेनाको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानले प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई ‘एकेडेमी हल अफ फेम’ सम्मान प्रदान गरिएको छ ।
उक्त प्रतिष्ठानमा अधिकृत क्याडेट आधारभूत तालिम लिइ सेनाको सर्वोच्च स्थानमा पुग्ने क्षत्री पहिलो ब्यक्ति हुन ।
प्रधानसेनापति क्षत्रीभन्दा अघिका प्रधानसेनापतिहरुले अधिकृत क्याडेट तालिम विदेशबाट लिएका थिए ।
सैनिक प्रतिष्ठानमा बुधवार आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति क्षत्रीलाई प्रतिष्ठानका शिक्षाधिकृत सहायकरथी सीताराम खड्काले सम्मान पत्र प्रदान गरेका हुन ।
प्रधानसेनापति क्षत्रीलाई यसअघि अमेरिकी सेनाको युएस आर्मी कमाण्ड तथा जनरल स्टाफ कलेज र युएस आर्मी वार कलेजले अन्तराष्ट्रिय हल अफ फेम सम्मान प्रदान गरिसकेको छ ।
प्रधानसेनापति क्षत्रीले आर्मी वार कलेज र स्टाफ कलेज भने अमेरिकाकाबाट पुरा गरेका थिए । अन्तराष्ट्रिय मूल्य मान्यता तथा परम्परा अनुसार, प्रधानसेनापति क्षत्रीको तस्वीर अव सधैका लागि प्रतिष्ठानमा राखिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया