१८ मङ्सिर २०७८, शनिवार

भक्तपुरबाट माओवादी केन्द्रका उम्मेदवार सिफारिस

२०७४,आश्विन,२५,बुधबार ०५:५८

0
Shares

भक्तपुर, २५ असोज ।आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुरका लागि नेकपा (माओवादी केन्द्र)ले उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको छ ।भक्तपुर निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ पार्टीका जिल्ला संयोजक डिपी ढकाल र सहइञ्चार्ज सुरेश न्यौपानेको नाम सिफारिस भएको माओवादी केन्द्र जिल्ला कमिटीले जानकारी दिएको छ । त्यस्तै, क्षेत्र नं २ मा नयाँशक्ति पार्टीबाट माओवादी केन्द्र प्रवेश गरेका जुजुभाई राजथला र ओम वाग्लेको नाम सिफारिस गरेको छ ।त्यसैगरी, प्रदेशतर्फ क्षेत्र नं १ को प्रदेश क्षेत्र नं १ मा प्रत्यक्षतर्फ मिलन सुवाल, सुनिल वासु गोठे, साजन सिजापति र तुलसीभक्त सुवालको नाम सिफारिस भएको छ । प्रदेश क्षेत्र नं २ मा दिलीपकुमार प्रजापति, कृष्णलाल गोजाश्रेष्ठ र बालकृष्ण दुगुको नाम सिफारिस भएको छ ।यता निर्वाचन क्षेत्र नं २ को प्रदेश क्षेत्र नं १ मा राजेन्द्र कार्की, सानुकान्छा आलेमगर, दीपक न्यौपाने र प्रदेश क्षेत्र नं २ मा सुदर्शन पराजुली, रामशरण दाहाल, शंकर पोखरेल र कान्छा तामाङको नाम सिफारिस भएको कमिटीले जानकारी दिएको छ ।प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ भने देवेन्द्र श्रेष्ठ, उर्मिला श्रेष्ठ, ओमचरण अमात्य, उमा कपाली, भावना श्रेष्ठ, कृष्णहरि सैंजू, विरु तामाङ सुदीप, राजकुमार हेङमाङ, बबिता प्रजापति, सरिता सुवाल, सुचित्रा श्रेष्ठ, शान्तराम भट्टराई, दिलकृष्ण श्रेष्ठ, सानुकान्छा आलेमगर र अञ्जु न्यौपानेलगायतको नाम सिफारिस भएको छ ।उम्मेदवारीका लागि आकांक्षीको नाम पार्टीको केन्द्रमा पेश गरे पनि बाम तालमेलअनुसार शीर्षस्थ तहबाट गरिने निर्णयलाई नै अन्तिम निर्णय मानेर चुनावी कार्यक्रममा लाग्ने जिल्ला संयोजक डिपी ढकालले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार ०५:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । बिहीबार बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले करिब

बागमती । बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस संक्रमणविरुद्धको पूर्ण खोप लगाएको छ । यस प्रदेशमा १८ लाख ७२

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन हुने भएपछि चितवनका व्यवसायी उत्साहित भएका छन् । मंसिर १० गते

काठमाडौं- नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल थाहानगरले आर्थिक अभावमा उपचारबाट वञ्चित बिरामीलाई आर्थिक सहयोग गरेको छ ।

ताजा समाचार