१३ जेष्ठ २०७९, शुक्रवार

व्यावसायिक च्याउखेतीमा श्रममन्त्री श्रेष्ठ

२०७८,मङ्सिर,२८,मंगलवार ११:३३

0
Shares

तनहुँ । भानुनगरपालिका–६ बरभञ्याङमा सिताके च्याउको व्यावसायिकरूपमा खेती गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ र मुक्ति तिमिल्सेनाको संयुक्त लगानीमा सिताके च्याउखेती गरिएको हो ।

करिब डेढ करोड रुपैयाँ लगानीमा साढे दुई रोपनी क्षेत्रफलमा च्याउखेती गरिएको गण्डकी एग्रिकल्चर फार्म प्रालिका लेखापाल सुरेन्द्र पण्डित जानकारी दिए । गण्डकी एग्रिकल्चर फार्म प्रालि दर्ता गरी गत फागुनदेखि थालिएको व्यवसायमा प्रत्यक्षरूपमा १० जनाले रोजगारी पाएका छन् ।

दश हजार बढी मुढामा च्याउ उत्पादन भइरहेको उनले बताए । फार्मले दिनमै ४० देखि ५० किलोग्रामसम्म च्याउ बिक्री गर्न सकिने क्षमताको रहेको बताइएको छ । माछा–मासुमा भन्दा तीन गुणा धेरै पोषण तत्व हुने र जस्तोसुकै किसिमका बिरामीले पनि सो च्याउ खाना मिल्ने हुँदा यसको माग बढ्दै गएको छ ।

सिताके च्याउखेतीको विधि

सुरुमा हरियो कटुसको मुढा काट्ने, त्यसको बोक्रा जान नदिने गरी डम्पिङ गर्ने, सुकेपछि मेसिनको प्रयोगले उक्त काठ छेडेर प्वाल बनाई च्याउको बीउ रोपिन्छ । च्याउको बीउ रोपेको सात महिनापछि चौबीस घण्टा पानीमा डुबाएर राख्ने, त्यसपछि टुसा आएको एक हप्ताभित्र खाना र टिप्न योग्य हुने बताइएको छ ।

यसरी रोपिएको च्याउ एकपटक रोपेपछि चारदेखि पाँच वर्षसम्म निरन्तर फल दिइरहने फार्मका अर्का कर्मचारी जीवन जिसीले जानकारी दिए । जिल्लाका विभिन्न बजारका साथै पोखरा, काठमाडौंलगायत बजारमा बिक्री गर्दै आइएको लेखापाल पण्डितले जानकारी दिए । उक्त च्याउ बाह्य जिल्लामा प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री हुने गरे पनि उक्त फार्मले प्रतिकिलो ६०० रुपैयाँमा बिक्री गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति: २०७८,मङ्सिर,२८,मंगलवार ११:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कृषि, उद्योग र सेवा क्षेत्रको उत्पादकत्व वृद्धि गरी सबल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ नेपाल सरकारले आर्थिक वर्ष

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो १० महिनामा नेपालले १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँबराबरको वस्तु आयात

काठमाडौं। एनआईसी एसिया बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सन्तोषकुमार राठी नियुक्त भएका छन्। बैंकको जेठ ८ को सञ्चालक समितिको बैंठकले

काठमाडौं । सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम

ताजा समाचार

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग
 २०७९,जेष्ठ,१३,शुक्रवार ०८:०२
चितुवाको आक्रमणबाट बालकको मृत्यु
 २०७९,जेष्ठ,१३,शुक्रवार ०७:००
थाहा पाउनुहोस् तपाईंको आजको राशिफल
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४७
आज यी क्षेत्रमा वर्षाको सम्भावना
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४५