प्रकाशमानसँग भोट माग्न देउवा आफैँ पुगे चाक्सीबारी

लोकपथ
858
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेरबहादुर देउवा प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन् ।

आफूलाई भोट माग्न देउवा नेता प्रकाशमान सिंहलाई भेट्न उनको निवास चाक्सीबारीमा पुगेका हुन् । यसअघि देउवाकै लागि भोट माग्न बालकष्ण खाण चाक्सीबारी पुगेका थिए ।

पहिलो चरणमा प्रतिस्पर्धी उम्मेदवारहरुले ५० प्रतिशत मत कटाउन नसकेपछि सभापतिका लागि पुनः निर्वाचन हुने भएको छ ।

आज दिउँसो साढे ३ बजेबाट निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ । जसका लागि सोमबार निर्वाचन भएका भएका तीनै स्थानमा निर्वाचन हुनेछ ।

अबको निर्वाचनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएसँगै सबैको ध्यान चाक्सीबारीमा केन्द्रित भएको छ ।

प्रकाशमान सिंहले कसलाई समर्थन गर्ने भन्ने साथीहरुसँग सल्लाह गरेर निर्णय दिने बताएका छन् ।

सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २२ सय ५८ मत प्राप्त गरेका छन् । उनले पहिलो चरणमा निर्वाचित हुनका लागि २३४० मत प्राप्त गर्नुपर्ने थियो । मत परिणामअनुसार देउवालाई ८२ मत अपुग भएको छ ।

प्रकाशमान सिंह ३७१ मत प्राप्त गरेका छन् । विमलेन्द्र निधिले २४९ मत र कल्याण गुरुङले २२ मत ल्याएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?