गणतन्त्र दिवसमा ७६ जनाले गरे रक्तदान

काठमाडौं । पाको न्यूरोड र फसिकेवका ब्यापार ब्यवसायीहरुको छाता संगठन राष्ट्रिय ब्यापार संघले गणतन्त्र दिवस–२०७५ को अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 
‘रक्तदान जीवन दान, रक्तदान महादान’ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा १० महिला र ६६ जना पुरुष गरी ७६ जना ब्यापारीहरुले रक्तदान गरेका थिए । 
ब्यापार ब्यवसायका अतिरिक्त समाजसेवा पुण्ड्य कार्य भएकाले गणतन्त्र दिवसको अवसरमा रक्तदान आयोजना गरिएको संघका महासचिव बैकुण्ठ दाहालले बताएका हुन ।
कार्यक्रममा संघका अध्यक्ष युवराज न्यौपाने, पूर्वअध्यक्ष रमेशचन्द बादे श्रेष्ठ, उपाध्यक्ष शिव मन्जील श्रेष्ठ, सचिव सरोज कुमार श्रेष्ठ लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?