देउवालाई सभापति बनाउने नबनाउने सिंहको हातमा

लोकपथ
3.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएसँगै सबैको ध्यान चाक्सीबारीमा केन्द्रित भएको छ ।

पहिलो चरणको चुनावमा देउवाको बहुमत नआउने संकेत पाउनासाथ बालकृष्ण खाण प्रकाशमान सिंहसँग छलफल गर्न चाक्सीबारी पुगेका थिए ।

बालकृष्ण खाणल फर्केलगत्तै शेखर कोइरालाले पनि प्रकाशमानलाई भेटेका छन् । विमलेन्द्र निधिले पनि सिंहसँग छलफल गरेर कसलाई साथ दिने भन्ने विषयलाई टुङ्गो लगाउने बताएका छन् ।

प्रकाशमान सिंहले कसलाई समर्थन गर्ने भन्ने साथीहरुसँग सल्लाह गरेर निर्णय दिने बताएका छन् ।

सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २२ सय ५८ मत प्राप्त गरेका छन् । उनले पहिलो चरणमा निर्वाचित हुनका लागि २३४० मत प्राप्त गर्नुपर्ने थियो । मत परिणामअनुसार देउवालाई ८२ मत अपुग भएको छ ।

प्रकाशमान सिंहले ३७१ मत प्राप्त गरेका छन् । विमलेन्द्र निधिले २४९ मत र कल्याण गुरुङले २२ मत ल्याएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?