कांग्रेस सभापति चयन : दोस्रो चरणको मतदान आजै गर्ने तयारी

लोकपथ
832
Shares

काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि पुन:मतदान हुने भएको छ । सभापति उम्मेद्वारमध्ये कसैले पनि बहुमत नल्याएका कारण सभापति चयनका लागि पुन:मतदान हुने भएको हो ।

दोस्रो चरणको मतदान आजै गर्ने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ । सोमबार भएको मतदानमा ४६७९ मत खसेको थियो ।  देउवाले सबैभन्दा धेरै २२५८ मत ल्याएका छन् ।

अब हुने दोस्रो चरणको निर्वाचनमा देउवा र शेखर कोइराबीच प्रतिस्पर्धा हुने छ । कोइरालाले १७४९ मत ल्याएका छन् ।

तेस्रो भएका प्रकाशमान सिंहले ३ सय ७१ मत ल्याएका छन् भने चौथो भएका विमलेन्द्र निधिले २ सय ४५ मत ल्याएका छन् । यता, पाँचौ स्थानका कल्याण गुरुङ २० मत प्राप्त गरेका छन् ।

दोस्रो चरणको निर्वाचन हुने भएपछि सिंह, निधि र गुरुङ सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?