वातावरण सरसफाइ महाअभियान सञ्चालन

काठमाडौं । राजधानी लगायत देशभर एक वर्षसम्म वातावरण सरसफाइ महाअभियान सञ्चालन हुने भएको छ । 

सरकारले वातावरण मन्त्रालयको अगुवाइमा आगामी एक वर्षसम्म देशभर वातावरण सरसफाई महाअभियान सञ्चालन गर्न लागेको हो । 

बुधबार काठमडौंको शंखपार्कमा आयोजित एक कार्यक्रमलाई उद्घाटन गर्दै सभामुख कृष्णबहादुर महराले हरेक नागरक, टोल, इकाइ, जिल्लाहुँदै सिंगो देश स्वच्छ हुन सक्ने बताए । 

देशभरका वातावरण स्वच्छ बनाउन हरेक नागरिकले पहिला आफैंबाट सुरु गर्नुपर्ने बताउँदै सभामुख महराले भने, ‘वातारण सरसफाई महाअभियान आफैंबाट सुरु गरौं । एक–एक इकाईबाट समूह बन्छ । सबै सरसफाइमा लागेपछि गाउँ, सहर र देश सबैतिर वातावरण स्वच्छ हुन्छ ।’, 

त्यस्तै वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले आफ्नो घरको आगँनमा रहेको फोहोर फालेर सरकारलाई लागि गर्ने प्रवृत्तिबाट माथि उठेर घर, गाउँ तथा समाजलाई नै स्वच्छ बनाउन हरेक नागरिक आफैँ सक्रिय भएर लाग्नुपर्ने बताए । 

आफ्नो घर, गाउँ र समाज आफैं सफानर्ग आग्रह गर्दै उनले भने, अब यो सरसफाई अभियान नरोकिने बताए । 

साथै मन्त्री बस्नेतले घर वरिपरि सरसफाई नगर्ने र सडकमा फोहोर फाल्नेको घरमा सरकारले मानिस पठाउने र त्यसको भुक्तानीका लागि सम्बन्धित घरधनीको माबिल पठाइने समेत चेतावनी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?