प्रकाशमानलाई मनाउन बालकृष्ण खाण पुगे चाक्सीबारी

लोकपथ
4.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको निरवाचनको मतगणना जारी छ ।

पहिलो चरणको निर्वाचनबाट सभापति पदको नतिजा नआउने सम्भावना बढेसँगै गृहमन्त्री बालकृष्ण खाण चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा पुगेका छन् ।

सभापति पदमा उम्मेदवारी दिएका प्रकाशमान सिंह हाल सम्मको मत परीणाम अनुसार तेस्रो स्थानमा रहेका छन् ।

सिंहले दोस्रो चरणमा देउवालाई साथ दिए जित्ने देखेपछि खाण सिंहलाई भेट्न चाक्सीबारी पुगेका हुन् ।

हालसम्म ४ हजार ३ सय ७६ मत गणना भइसकेको छ र अब ३०३ मत गणना गर्न बाँकी छ । मतगणनाममा शेरबहादुर देउवाले २०९५ मत ल्याएका छन् । सभापतिमा निर्वाचित हुन देउवालाई अझै २४५ मत चाहिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?