कांग्रेस निर्वाचन : ४४ सय ७० मतगणना, कसको कति ?

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ ।

हालसम्म ४४७० को मतगणना भएको छ । जसमा शेर बहादुर देउवाले २१४२ मत, डा. शेखर कोइरालाले १७०८ मत, प्रकाशमान सिंहले ३५५ मत, विमलेन्द्र निधिले २४५ मत र कल्याण गुरुङ २० मत प्राप्त गरेका छन् ।

सोमबार बिहान ११ः४५ बजेदेखि राति ११ंः४५ बजेसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदान सकिए लगत्तै मतपेटिका शिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने, मतगणना आचारसंहिता तयार गर्नेलगायत आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?