च्याम्पियन्स लिग : पीएसजी र रियल मड्रिड भिड्ने

लोकपथ
351
Shares

काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ को ‘ड्र’ सार्वजनिक गरेको छ ।

यूईएफएले सोमबार दोस्रो पटक राउण्ड अफ १६ को ‘ड्र’ सार्वजनिक गरेको हो ।

‘ड्र’ अनुसार पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियल मड्रिडसँग भिड्नेछ । साविक विजेता चेल्सीले फ्रेन्च क्लब लिलसँग भिड्नेछ ।

त्यस्तै लिभरपुलले राउण्ड अफ १६ मा इन्टर मिलानसँग प्रतिस्पर्धा गर्दा म्यानचेस्टर सिटीले स्पोर्टिङ लिस्बनसँग भिड्नेछ ।

Image

जर्मन क्लब बायर्न म्युनिखले अष्ट्रियाको आरबी साल्जवर्गसँग खेल्दा बेन्फिकाले आयाक्ससँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, म्यानचेस्टर युनाईटेडले एट्लेटिको मड्रिड तथा युभेन्टसले भिल्ला रियलसँग खेल्नेछ ।

राउण्ड अफ १६ अन्तर्गतको पहिलो लेग फेब्रुअरी १५, १६, २२ र २३ मा हुनेछ । दोस्रो लेग मार्च ८,९,१५ र १६ मा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?