काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाविधेशन अन्तर्गत सोमबार सम्पन्न निर्वाचनको मतगणना जारी छ ।
जसअनुसार हालसम्म ३ हजार ७ सय ३९ मत गणना भएको छ । सो परिणाम अनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले १ हजार ७ सय ९८ मत प्राप्त गरेका छन्।
त्यस्तै उनका निकटतम प्रतिद्धन्द्धी डा. शेखर कोइरालाले १ हजार ४ सय १३ र प्रकाशमान सिंहले २८६ मत प्राप्त गरेका छन् । यसैगरी अर्का उम्मेदवार विमलेन्द्र निधिले २ सय १ मत र कल्याण गुरुङले १९ मत मात्र प्राप्त गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया