काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । जसअन्तर्गत सभापतिका उम्मेदवार शेरबहादुर देउवाले १५ सय बढी मत प्राप्त गरेका छन् ।
भर्खर प्राप्त तथ्यांक अनुसार ३ हजार २ सय ८२ मत गणना गर्दा देउवाले हजार ५ सय ५६ मत प्राप्त गरेका छन् । भने उनका निकटमत प्रतिद्धन्द्धी डा. शेखर कोइरालाले १ हजार १ सय ९७ मत प्राप्त गरेका छन् । त्यसैगरी प्रकाशमान सिंहले २५७ मतविमलेन्द्र निधिले २०१ मत र कल्याण गुरुङले १७ मत प्राप्त गरेका हुन् ।
सोमबार बिहान ११ः४५ बजेदेखि राति ११ंः४५ बजेसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदान सकिए लगत्तै मतपेटिका शिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने, मतगणना आचारसंहिता तयार गर्नेलगायत आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया