फेसबुकमा प्रतिबन्ध लगाउने पपुवा न्यू गिनी सरकारको निर्णय, यस्तो छ कारण

काठमाडौं । पपुवा न्यू गिनी सरकारले फेसबुक प्रतिबन्ध लगाउने भएको छ । त्यहाँको सरकारका सञ्चारमन्त्री स्याम बसिलले सो  एक महिनाको लागि अवधीमा पोर्नोग्राफी र गलत जानकारी पोष्ट गर्ने प्रयोगकर्ताहरु पहिचान गरिने बताए ।

उनले आफ्नो देशले एक अलग सामाजिक सञ्जाल बनाउने कुरा पनि बताए ।

क्याम्ब्रिज एनालिटिका काण्डपछि फेसबुकले चौतर्फी निगरानी भोगिरहेको छ । लगभग १०५ मानिसहरुको मात्र इन्टरनेटमा पहुँच भएता पनि पपुवा न्यूगिनी अनलाइन सेवाहरुको नियमनमा सक्रिय देखिएको छ ।

त्यहाँको सरकारले यो वेबसाइटले देशमा पारेको प्रभावलाई ख्याल गरेर यो कदम चालेको बताएको छ । 

जाली समाचारको वृद्धी विश्वव्यापी रुपमा प्रविधि उद्योगहरुको मुख्य समस्या बन्दै गएको छ । सूचना गलत हुदाँ पनि प्रयोगकर्ताहरुलाई साबधान नगराएको भनेर उनीहरुको आलोचना हुनेगर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?