काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अनुसार सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले १ हजार मत कटाएका छन् ।
राष्ट्रिय सभागृहमा जारी मतगणना अनुसार २ हजार ७ सय ७७ मत गनिएको छ ।
जसअनुसार कोइरालाले १ हजार २३ मत प्राप्त गरेका छन् । भने पहिले मत ल्याउने अर्का उम्मेदवार शेरबहादुर देउवाले १ हजार ३ सय १८ मत प्राप्त गरेका छन् ।
त्यस्तै अन्य उम्मेदवारहरु प्रकाशमान सिंहले २०५ मत, विमलेन्द्र निधिले १६६ मत र कल्याण गुरुङले १२ मत मात्र प्राप्त गरेका छन् ।
सोमबार बिहान ११ः४५ बजेदेखि राति ११ंः४५ बजेसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदान सकिए लगत्तै मतपेटिका शिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने, मतगणना आचारसंहिता तयार गर्नेलगायत आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया