काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अनुसार सभापति उम्मेदवार शेरबहादुर देउवाले अग्रता कायम गरेका छन् ।
जसअनुहार हालसम्म सर्वाधिक मत देउवाले प्राप्त गरेका छन् । २ हजार ६ सय ७७ मत गनिसक्दा देउवाले १२६५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उनका निकटतम प्रतिद्धन्द्धी डा. शेखर कोइरालाले ९८० र प्रकाशमान सिंहले २०७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । सो क्रममा विमलेन्द्र निधिले १९५ मत प्राप्त गर्दा कल्याण गुरुङले भने जम्मा १२ मत मात्र प्राप्त गरेका छन् ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा मतदान जारी रहेको छ ।
सोमबार बिहान ११ः४५ बजेदेखि राति ११ंः४५ बजेसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदान सकिए लगत्तै मतपेटिका शिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने, मतगणना आचारसंहिता तयार गर्नेलगायत आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया