काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अनुसार सभापति उम्मेदवार शेरबहादुर देउवाले अग्रता कायम गरेका छन् ।
हालसम्म २ हजार १ सय ६ मत गणना भएको छ । जसअनुसार पहिलो मत प्राप्त गर्ने शेरबहादुर देउवा र दोस्रो मत प्राप्त गर्ने डा. शेखर कोइरालाबीचको मतान्तर २२९ रहेको छ ।
जसमा देउवाले ९९१ मत प्राप्त गर्दा कोइरालाले ७६२ मत प्राप्त गरेका छन् । त्यस्तै अर्का उम्मेदवार प्रकाशमान सिंहको १७४ मत आएको छ । भने अर्का प्रतिष्पर्धी विमलेन्द्र निधिले १३७ र कल्याण गुरुङले ९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा मतदान जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया