गायक शिव परियार ग्राण्डी अस्पतालबाट डिस्चार्ज

काठमाडौं । मोटरसाइकल दुघर्टनामा घाइते भएका चर्चित गायक शिव परियार उपचारपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट डिस्चार्ज भएका छन् । 

दुर्घटना भएपछि परियार तत्काल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको इमर्जेन्सीमा पुगेका थिए । उनको उपचार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ अर्थोपेडिक तथा स्पाइन सर्जन डा. बिनोद बिजुक्छेको टिम संलग्न रहेको थियो ।

शिवको गोडामा चोट लागेको र सो चोटलाई उपचारको भाषामा सफ्ट टिस्यु इन्जुरी अर्थात मासुमा र तन्तुहरुमा चोट लागेको हो । उनको गोडामा थोरै रगत जमेको र सो रगत सानो प्रोसपजर गरेर निकालिसकेको र अब मासु र तन्तुमा लागेको चोट निको हुन तीन हप्ताजति समय लाग्ने डा. बिनोद बिजुक्छेले जानकारी दिएका छन् । 

शिवको हाडमा चोट नदेखिएको जिकीर गर्दै डा. बिजुक्छेले र शिवको सफ्ट टिस्यु इन्जुरी निको हुन केहि समय लाग्ने तर नियमित फिजियो थेरापिलगायतका ट्रेनिङबाट चाँडै पहिलेकै अवस्थामा फर्कन सक्ने बताए ।

शिवले पनि ग्राण्डी अस्पतालका चिकित्सकहरु नर्सिङ स्टाफ तथा कर्मचारीहरुबाट पाएको माया र सद्भावका लागि आभार व्यक्त गरेका छन् । 

राजधानीको बसुन्धारामा आइतबार बिहान शिवले चलाएको बा ८० प ९९९८ नम्बर मोटरसाइकललाई पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको मोटरसाइकले ठक्कर दिएपछि दुर्घटना भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?