मतगणना जारी रहँदा कल्याण गुरुङले महाधिवेशन प्रतिनिधिलाई दिए धन्यवाद

लोकपथ
315
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार कल्याण गुरुङले आफूलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

सोमबार राति सम्पन्न निर्वाचनको मतगणना चलिरहँदा उम्मेदवार गुरुङले १४औँ महाधिवेशनमा आफूलाई मत दिनेहरु धन्यवाद दिँदै भावी दिनमा साथ र सहयोगको अपेक्षा गरेको बताए ।

‘हार्दिक धन्यबाद एवं आभार व्यक्त गर्दछु । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा आफ्नो अमूल्य मत दिएर पार्टीको नेतृत्व चयन गर्न अत्यन्त धैर्यताका साथ आफ्नो सक्रिय साथ र सहयोग प्रदान गर्नु भएकोमा सम्पुर्ण आदरणीय महाधिवेशन प्रतिनिधिहरुमा हार्दिक आभार व्यक्त गर्दछु । सम्पुर्ण महाधिवेशन प्रतिनिधिहरुलाई वहाँहरुले प्रदान गर्नु भएको अमूल्य मतको लागि हार्दिक धन्यवाद र आभार व्यक्त गर्दै भावी दिनहरुमा अझ बढी साथ, सहयोग, सदभाव, समर्थन र सक्रियताको अपेक्षा पनि गर्दछु । जय नेपाल ।’ उनले भनेका छन् ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ५ जना सभापतिको प्रतिष्पर्धामा रहेका छन् । हालसम्मको परिणाममा गुरुङ पाचौँ नम्बरमा रहेका छन् । शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र गुरुङ प्रतिष्पर्धामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?