अपडेट : देउवा ९१२, कति छ निधि, सिंह र गुरुङको ?

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अनुसार सभापति उम्मेदवार शेरबहादुर देउवाले अग्रता कायम गरेका छन् ।

हालसम्म १ हजार ९०६ गणना गर्दा देउवाले ९१२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै उनका निकटतम प्रतिष्पर्धी डा.शेखर कोइरालाले ६९४ र प्रकाशमान सिंहले १५९ मत ल्याएका छन् । भने अन्य उम्मेदवारहरु विमलेन्द्र निधिले ११२ मत, कल्याण गुरुङले ७ मत प्राप्त गरेका छन् ।

सोमबार बिहान ११ः४५ बजेदेखि राति ११ंः४५ बजेसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदान सकिए लगत्तै मतपेटिका शिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने, मतगणना आचारसंहिता तयार गर्नेलगायत आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?