६०० मत गणना गर्दा कल्याण गुरुङले ल्याए ४ मत

लोकपथ
1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

हालसम्म ६ सय मत गन्दा सभापतिका उम्मेदवार कल्याण गुरुङले ४ मत प्राप्त गरेका छन् ।

त्यस्तै सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २८८ मत प्राप्त गरेका छन् । त्यसैगरी अर्का प्रतिष्पर्धी डा. शेखर कोइरालाले २१२ मत प्राप्त गरेका छन् । त्यसो त प्रकाशमान सिंह ४२ मत, बिमलेन्द्र निधिले ३९ र कल्याण गुरुङले ४ मत मात्रै प्राप्त गरेका छन् ।

सोमबार बिहान ११ः४५ बजेदेखि राति ११ंः४५ बजेसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदान सकिए लगत्तै मतपेटिका शिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने, मतगणना आचारसंहिता तयार गर्नेलगायत आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?