कांग्रेस महाधिवेशन : १०० मत गणना, देउवाले ल्याए ५०

लोकपथ
1.3k
Shares

काठमाडौैं । नेपाली कांग्रेसको सभापति चयनका लागि भएको मतदानको १ सय मतगणना सकिएको छ ।

१ सय मत गन्दा सबैभन्दा बढी शेरबहादुर देउवाले प्राप्त गरेका छन् । उनले ५० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी डा.शेखर कोइरालाले ३४ मत प्राप्त गर्दै दोस्रो भएका छन् । त्यस्तै अर्का उम्मेदवार बिमलेन्द्र निधिले ११ मत, प्रकाशमान सिंहले ३ मत र कल्याण गुरुङले १ मत प्राप्त गरेका छन् ।

बिहान साढे ३ बजेबाट सुरु भएको मत गणना राष्ट्रिय सभा गृहमा जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?