काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि परेको मत गणना सुरु भएको छ । राष्ट्रिय सभा गृहमा बिहान साढे ३ बजेबाट मत गणना सुरु भएको हो ।
पहिलो चरणमा सभापतिको मत गणना हुनेछ भने त्यसको अन्तिम परिणाम आइसकेपछि मात्रै अन्यको गणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । कुल मतको ५० प्रतिशत भन्दा बढी मत ल्याउनुपर्ने भएकाले सुरुमा नै कसले बाजी मार्छ भन्ने आंकलन गर्न सकिँदैन । कुल ४ हजार ६ सय ७९ मत खसेकोमा पहिलो चरणमा बिजयी हुनेले ५० प्रतिशत भन्दा बढी मत ल्याउनुपर्ने हुन्छ । त्यसो त पहिलो चरणमा निर्वाचित हुनका लागि २ हजार ३ सय ४० मत आवश्यक पर्ने देखिन्छ ।
सभापतिका लागि ५ जना उम्मेदवार रहेका कारण मत विभाजन हुने हुँदा पहिलो चरणमा नै सभापति चुनिने सम्भावना रहेको कतिपयको बुझाइ रहेको छ । यदी पहिलो चरणमा सभापति निर्वाचित हुन नसकेमा दोस्रो चरणमा निर्वाचन हुनेछ । यदी पहिलो चरणमा अग्रता ल्याउने उम्मेदवारलाई तेस्रो, चौथो र पाँचौ हुने उम्मेदवारको साथ सहयोग नहुने हो भने दोस्रो हुने उम्मेदवारले सभापतिको बाजी मार्ने देखिन्छ ।
देशभरबाट नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ जना महाविधेशन प्रतिनिधि छनोट भएका थिए । तर त्यसमध्ये ६४ जना मतदानमा सामेल भएनन् ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ५ जना सभापतिको उम्मेदवार रहेका छन् । निर्वतमान सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको प्रतिष्पर्धामा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया