सभापति बाहेकका मतपेटिका सानेपा लैजाने तयारी

लोकपथ
182
Shares

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार राति सम्पन्न निर्वाचनमा सभापति बाहेक मत खसालिएका मतपेटीकाहरु पार्टी कार्यालय सानेपा लैजाने तयारी गरिएको छ ।

पहिलो चरणमा सभापतिको राष्ट्रिय सभा गृहमा नै मत गणना गरिनेछ । भने अन्य पदाधिकारी तथा सदस्यहरुको मत गणना भने पार्टी कार्यालय सानेपामा गरिनेछ । त्यसको लागि राम्रोसँग शिलबन्दी नभएको भन्दै पुनः शिलबन्दी गरेर मतपेटिकाहरु सानेपा लैजाने तयारी गरिएको हो ।

केहीबेरअघि राष्ट्रिय सभा गृहमा मत गणना सुरु भएको छ । सभापतिको अन्तिम परिणाम आएसँगै अन्य पदाधिकारी तथा सदस्यहरुको मतगणना सुरु गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?