कांग्रेसको निर्वाचनमा रामचन्द्र सहभागी भएनन्

लोकपथ
546
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि सोमबार भएको मतदानमा वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी भएनन् ।

संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेदवार तय हुन नसकेपछि पौडेलले महाधिवेशनको चुनावी प्रक्रियामा माग नलिएका हुन्। उनले राजनीतिबाटै सन्यास लिने आशंका समेत गरिएको छ । यद्यपि उनले एक विज्ञप्तिमार्फत भने राजनीतिमा अझै सक्रिय हुने बताएका छन् ।

पौडेलसहित महाधिवेशनमा भएको चुनावमा अरु ६३ जना मतदाता पनि अनुपस्थित भएका छन् । मतदानमा ४७४३ मतदातामध्ये ४६७९ जना मात्रै सहभागी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?