काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार भएको मतदानको सभापतितर्फको मतगणना सुरु भएको छ । राजधानीको राष्ट्रियसभा गृहमा मतगणना सुरु भएको हो ।
सोमबार १२ बजेदेखि भएको मतदान राति साढे ११ बजेसम्म चलेको थियो भने सो मतदानमा कुल ४ हजार ७४३ मतदातामध्ये ४६७९ मत खसेको थियो ।
राति १ बजेबाट सुरु गर्ने भनिए पनि सभापतिका प्रतिनिधिहरु समयमा नआइपुग्दा मत गणना समयमा सुरु हुन नसकेको हो । करिब साढे ३ बजेबाट मत गणना सुरु भएको निर्वाचन समितिले जनाएको छ ।
मतदान सकिएसँगै मतपेटिका सिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने जस्ता प्रक्रियाहरु पुरा गरेर मतगणना सुरु गरिएको हो ।
सभापतिको अन्तिम मत परिणाम आइसकेपछि अन्य पदाधिकारी तथा सदस्यहरुको मत गणना सुरु गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया