काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना केहीबेरमै सुरु हुने भएको छ । ्
निर्वाचन कमिटीले राष्ट्रियसभा गृहस्थित मतगणनास्थलमा सीसीटीभी जडान गरेको छ भने सभापतिका सबै मतपेटिका एकीतृत गरेको छ ।
सभापतिको मतगणनाका लागि उम्मेदवारका प्रतिनिधिलाई मतगणनास्थलमा बोलाइएको छ भने प्रतिनिधिहरु सबै उपस्थित भएपछि मुचुल्का तयार गरेर गणना सुरु गरिनेछ ।
अहिले मतगणनास्थलमा सुरक्षा कडा बनाइएको छ भने मतपेटिकालाई प्रहरीले पहरा दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया