काठमाडौं । सरकारले नारायणहिटी दरबार संग्राहलयमा रहेको राजमुकुट (श्रीपेच) तीन महिना भित्र सार्वसाधारणका लागि सार्वजनिक गर्ने भएको छ ।
राजसंस्थाको रुपमा राजाले लगाउने राजमुकुट नारायणहिटी दरबार संग्राहलयमा तीन महिनाभित्र सार्वजनिक गर्ने योजना रहेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले बताए ।
बुधबार नारायणहिटी दरबार संग्राहलयको अनुगमन गर्न पुगेका पर्यटनमन्त्री अधिकारीले सञ्चारकर्मीसँग कुरा गर्दै संग्राहलयको उचित व्यवस्थापनका लागि थप गुरु योजना बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
मुलुकमा गणतन्त्र स्थापना भएसँगै सरकारले नारायणहिटी राजदरबारलाई संग्राहलयको रुपमा नामाकरण गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया